संघीय संसदको बजेट अधिवेशन अन्त्य
काठमाडौं । संघीय संसदको बजेट अधिवेशन अन्त्य भएको छ । अधिवेशन बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अन्त्य गरेकी हुन् ।
यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् ।
कोरोना महामारीकै बीच गत वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ । त्यसबाहेक केही विधेयकहरु पनि पारित गरेको छ ।
