दश शवसहित कतारबाट २ सय ६४ नेपाली लिएर नेपाल एयरलाइन्स फर्कियो

अनिल पराजुली/कतार
२०७७ असार १६,मंगलवार १९:१४

कतारबाट उद्दार उडान मार्फत दश जना नेपालीको शव सहित २ सय ६४ जना लिएर नेपाल वायुसेवा निगमको जहाल कतारको दोहाबाट स्वदेश फर्केको छ ।

नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको पाँचौ उडान मार्फत २२ जना महिला र २ सय ४२ जना पुरुष लिएर जहाज स्वदेश फर्केको हो ।

त्यस्तै दोहामा कोविड–१९ कै समयमा बिभिन्न कारणले मृत्यु भएका १० जना नेपालीको शव पनि सोही उडानबाट नेपाल पठाईएको दूतावासले जनाएको छ ।

कतारको दोहा स्थित हमाद अन्र्तराष्ट्रिय विमान स्थलबाट नेपाल वायु सेवा निगमको आरए २३९२ को उडानबाट मार्फत प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्दार उडान मार्फत लगिएको थियो ।

उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नका लागि दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।

छुटेकालाई टिकट लिन आग्रह
कतारको दोहाबाट जुलाई २ मा हुने नेपाल एयरलाइन्सको उद्दार उडानमा जानका लागि टिकट लिन छुटेका यात्रुलाई तत्काल टिकट खरिद गर्न नेपाली राजदूतावास दोहा कतारले आग्रह गरेको छ । मंगलवार दूतावासले सूचना जारी गर्दै नेपाल फर्कनै पर्ने र प्राथमिकतामा परेकाहरुलाई सूचिमा प्रकाशित नामको आधारमा टिकट लिन भनिएको हो ।

नेपाल एयरलाइन्सको जुलाई २ का लागि नेपाल जाने उडान तय भएकाले यसअघि नेपाल एयरलाइन्सको जुन २०, २८, २९ र ३० तारिकमा प्राथमिकताको सूचिमा परेपनि विविध कारणले टिकट काट्न छुटेकालाई आधिकारीक ट्राभल एजेन्सी मार्फत टिकट लिन आग्रह गरिएको हो ।

त्यस्तै दूतावासद्वारा जारी सूचनामा कतार सरकारले संचालनमा ल्याएको मोवाइल एप एथेराज सम्पूर्ण यात्रुले डाउनलोड गरि अनिवार्य प्रयोग गर्न पर्ने उल्लेख छ ।

त्यस्तै रोजगारदाताले इस्केप रिपोर्ट दर्ता गरेका व्यक्तिको हकमा एयरलाइन्सबाट यात्र कार्यक्रमको टिकट लिइ सर्च एण्ड फलो अप डिपाटमेन्टमा स्वयम गएर हवाइ टिकटमा स्विकृत भएको छाप लगाई अनिवार्य रुपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने दूतावासद्वारा जारी सूचनामा उल्लेख छ ।

टिकट कहाँ लिने

  • Fahd Travels, Jaida Towers (Sales & Reservation)
  • Abdul Hafeezs Mob +974 70665648
  • Kashi Dhamala, Mob +97466675150
  • Tel +974 44318080 Fax +974 44214744
  • Email:[email protected], [email protected]

तस्विर सौजन्यः नेपाली राजदूतावास दोहा कतार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*