नेकपा शीर्ष नेताहरुले मागे प्रधानमन्त्रीको स्पष्टीकरणः कसले हटाउन खोज्यो पदबाट ?

तु खबर संवाददाता
२०७७ असार १६, मंगलवार १५:५९
file photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा शीर्ष नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कसले पदबाट हटाउन खोज्यो भन्दै स्पष्टीकरण मागेका छन् ।

मंगलबारको बसेको स्थायी समितिको बैठकमा शीर्ष नेताहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीलाई पदबाट हटाउन खोज्यो भन्दै यसको प्रमाण दिन माग गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको बताएका थिए ।

उनले सोही कार्यक्रमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेपछि भारतसँगै मिलेर नेपाली नेताहरुले पनि आफुलाई प्रधानमन्त्रीको पदबाट हटाउन षढ्यन्त्र गरिरहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले विना प्रमाण आफूलाई पदबाट हटाउन खोजेको अभिव्यक्ति दिएको भन्दै नेकपाका नेताहरुले सोमबार स्थायी कमिटिको बैठकमा ओलीको आलोचना गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*