ओलीको दाबीः भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्यो, खेलमा नेपालका नेता पनि

तु खबर संवाददाता
२०७७ असार १४, आईतवार १७:२८
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भू–भाग समेटिएर नयाँ राजनीतिक नक्सा जारी गरेको कारण भारतले आफुलाई प्रधानमन्त्रीको पदबाट हटाउन खोजेको दाबी गरेका छन् ।

आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

नेपालले केही दिनअघि मात्रै लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । सोही कारण मलाई भारतले प्रधानमन्त्रीको पदबाट नै हटाउन खोजेको हो उनले भने– ‘त्यो खेलमा नेपालका नेताहरू पनि लागेको छ ।’

बालुवाटार भएको सो कार्यक्रमा उनले आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको स्मरण गरे । अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताए । तर यसतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताए । उनले भने, ‘मैले आजका लागि होइन, भोलिका लागि सोचेका छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*