विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

एजेन्सी
२०७७ असार १४,आईतवार ०९:२२

काठमाडौं । महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७६ हजार नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमितको कुल संख्या आइतबार बिहानसम्म १ करोड ७४ हजार ६ सय ३० पुगेको छ ।

संक्रमितमध्ये ५ लाख ६ सय २५ जनाको मृत्यु हुँदा ५४ लाख ५३ हजार संक्रमित निको भएका छन् ।

वर्ल्डओमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा ४३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै त्यहाँ संक्रमितको संख्या २५ लाख ९६ हजार नाघेको छ ।

त्यस्तै, अमेरिकामा कोरोनाबाट अहिलेसम्म १ लाख २८ हजार संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा त्यहाँ ५ सय १२ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म १२ हजार ३ सय ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २ हजार ८ सय ४३ जना निको हुँदा २८ संक्रमित ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*