आज नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीको बैठक बस्दै
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारी बैठक आइतबार (आज) बस्दैछ ।
काँग्रेस बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने भएको हो ।
उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४ औँ महाधिवेशनको कार्य तालिकाबारे छलफल हुनेछ ।
कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।
कांग्रेसको १३ औं महाधिवेशन वि.सं. २०७२ फागुनमा सम्पन्न भएको थियो ।
