आज नेकपा स्थायी कमिटी बैठकः ओलीविनै सकियो सीमा विवादबारे छलफल

तु खबर संवाददाता
२०७७ असार १२, शुक्रबार १९:०९
file photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज शुक्रबार बसेको स्थायी कमिटी बैठक सकिएको छ । नेकपा स्थायी कमिटीको आज बसेको बैठक प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थित विनै सकिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अध्यक्ष ओली अनुपस्थित थिए । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्ष ओली नआउने जानकारी गराएका थिए ।

शुक्रबार भएको स्थायी कमिटी बैठकमा भारतसँगको सीमा विवादबारे सदस्यहरूले धारणा राखेका थिए ।

बैठकमा परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले भारतसँग लिम्पियाधुराको सीमा विवाद सुल्झाउन कुटनीतिक पहल गरिरहेको भएपनि भारतले सकरात्मक तत्परता नदेखाएको बताए ।

त्यस्तै समितिका अन्य सदस्यहरुले पनि लिम्पियाधुरासहितको नक्सा जारी हुनु ऐतिहासिक काम भएको भन्दै सुस्ता क्षेत्रको सीमा विवाद पनि हल गर्नुपर्ने सुझाव दिएका छन् ।

नेकपा स्थायी कमिटीको अर्को बैठक भोलि शनिबार बिहान ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*