चर्चित गायक रुपक डोटेलको ‘लगी दे चरी’ बजारमा

तु खबर संवाददाता
२०७७ असार १०,बुधबार १३:२६

काठमाडौं । युवा पुस्ताका चिर्चित गायक रुपक डोटेलले आफ्नो नयाँ लिरिकल भिडियो ‘लगी दे चरी’ सार्वजनिक गरेका छन्

गायक डोटेलको आवाजमा समेटिएको सो गीतमा शब्द र संगीत दीपक शर्माको छ ।

जीवन सहज बनाउन विदेशिएकाहरुको व्यथा समेटिएको यो गीतलाई गायक डोटेलले आफ्नै आधिकारिक यु ट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

कोरोना संक्रमणका कारण अहिलेको परिस्थिति जटिल रहेकाले म्युजिक भिडियो बनाउन समस्या परेको उनको भनाई छ । अवस्था सहज भएपछि यसको म्युजिक भिडियो पनि सार्वजनिक गर्ने सोचमा डोटेल छन् ।

डोटेलको यसअघि पनि विभिन्न म्युजिक भिडियोमा बजारमा आइसकेको छ । पत्रकार गिरिजा अधिकारीको शब्द तथा संगीतकार बसन्त सापकोटाको संगीतमा कम्मर मर्काई मर्काई मर्काई बोलको म्युजिक भिडियो पनि बजारमा आइसकेको छ । त्यस्तै बनकी चरी के भन्छे के, सानु माया लगायतका अन्य म्युजिक भिडियो पनि बजारमा आइसकेको छ ।

हेर्नुहोस् म्युजिक भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*