राज्य व्यवस्था समितिको बैठकबाट नागरिकता विधेयक पारित
काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अंगीकृत नागरिकता विधेयक बहुमतले पारित गरेको छ ।
बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक पारित गरेको हो ।
यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठकले नेपाली पुरुषसँग विविह गर्ने निदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिने निर्णय गरेको थियो ।
पार्टीको सोही निर्णयका आधारमा समितिमा रहेका नेकपा सांसदहरूले सात वर्षको प्रस्तावको पक्षमा मत जाहेर गरेका हुन्।
तर, प्रमुख विपक्षी नेपाली कांग्रेस, राजपा, समाजवादी र नेमकिपाले भने फरक मत राखेका छन् ।
पारित भएको उक्त विधेयक अब संसदमा बठाउने भयारी भइरहेको छ ।
