रुपचन्द्र विष्टसंग हामी संगै रहँदा

रुदानेले २०४२ मा निर्दलीय व्यवस्था निर्दयी हो, बहुदलीय व्यवस्था बहुला हो, दुवै व्यवस्था फालेर जनतालाई जनमुखी व्यवस्था चाहिन्छ भनेका थिए ।
रामनारायण बिडारी / राष्ट्रियसभा सदस्य
२०७७ असार ७,आईतवार ०८:५०

“शत्तामुखि राजनीतिमा शोषणका निम्ती शासन,शासन निम्ती शोषण हुन्छ भने जनमुखी राजनीतिमा अधिकारको निम्ती राजनीति तथा समाज हितका निम्ती विकास,विकासको निम्ती समाज हुन्छ यहि चलाऔ ।” यहि भनाइले अन्ततः म राजनैतिक हिसावले रुदानेको निर्वाचनलाइ सघाउन रुदानेको वोलावटमा २०३८ साल वैसाखमा हेटौँडा  पुगेँ । त्यसबेला हेटौँडामा रुपचन्द्रको सम्पर्क थलो हरिकृष्ण विष्ट र शिव कार्कीको घर रहेछ ।

गोर्वधन थापा पनि उहाँको मिल्ने साथी रहेछन् । हेटौँडाका राजथला परिवार रुपचन्द्रको प्रत्यक्ष सर्मथनमा थियो । त्यहाँ वसेर रुपचन्द्रका चुनावी कुरा सुनेर रुपचन्द्र कै भनाइ अनुसार उत्तरी क्षेत्र प्रचारमा हिडेँ । चुनावमा चाहिने पर्चा, घोषणापत्र, केहि इनामेल पनि मलाइ त्यहि घरवाट प्राप्त भयो । अल्लारे उमेर खर्च पनि थिएन अन्त जाने आटै आएन । टिष्टुङ् घरमा आएर दिनभरी गाउँका साथीहरुसंग वरिपरिका गाउँमा पर्चा बेच्न गयौँ । पर्चा बेच्ने भित्तामा कमेरोले शुर्य चिन्ह बनाउने । कसै कसैलाई कपडामा पनि थाहा लेख्ने तर त्यतिवेला लेख्न मान्दैनथे ।

अन्ततः चुनाव जितियो । त्यस समयमा रुपचन्द्रको प्रचारमा खास गरी दामनपालुङ्का र हेटौँडाका केही परिवार मात्र प्रचारमा थिए । किनकि उहाँ व्यवस्थाको विरोधी ,स्वभाव पनि विद्रोही मान्छे डराउँथे । रुपचन्द्रको नातामा भाइ पर्ने झलकचन्द्र नै सो चुनावको अर्को उम्मेदवार भएका थिए । उहाँले पञ्चायतको सर्मथनमा पोष्टरिङ् गरिरहनुभएको थियो । कमल थापा दरवारिया उमेदवार , विभिन्न पञ्चेहरु पनि उम्मेदवार थिए । महिलामा विश्वकान्ती कलावति सुमार्गी पनि उम्मेदवार थिइन् । सिट संख्या २ थियो मकवानपुरको । पुरै जिल्ला एक क्षेत्र थियो । अन्ततः नेगी जि र रुपचन्द्रले चुनाव जितेको घोषणा भयो । नेगी जीको जितमा पञ्चहरुले उत्सव मनाए । तर रुपचन्द्रले अविरे जात्रा नर्गन
भन्नुभयो ।

२०४३ पछि मलाइ रुपचन्द्रले मकवानपुर जिल्लामा गै राजनिति गर्न प्रोत्साहित गर्नुभयो । काठमाण्डौँ छोड्न भन्नु भयो । यो कुरालाइ मैले स्विकार गरेँ । त्यसपछि मैले काठमाण्डौँ छाडेर हेटौँडा आधार बनाएर राजनीति संगसंगै कानून व्यवसाय पनि गर्न थाले । जनमुखी वकिलको कार्यालय नामको वकिल कार्यालय खोलेर त्यसलाइ राजनीतिको सम्पर्क थलो बनाएर मकवानपुर जिल्लाको तत्कालिन ४३ गाबिस र एक नगरपालिकाको प्राय सवै वडामा पुग्ने गरी जनमुखी कार्यक्रमहरु राखियो । कम्युनिष्ट भन्न नपाइने भएकोले रुपचन्द्रले ०३८ वटै शव्द चयन गर्नु भएको थियो कि जनमुखि सहकर्मी यहि शव्दलाइ प्रयोग गरी जनमुखी राजनीतिको नामबाट रुपचन्द्र संगै वा अन्य सहकर्मीहरुसंग जिल्ला भ्रमण गरियो ।

यो भ्रमण निर्वाचन समयमा मात्र हैन । वार्षिक रुपमा गरिन्थ्यो । हिउँदे वर्षे जनमुखी सभा गाउँगाउँमा हुन्थ्यो । ती सभाका रोचक कुरा पछि लेखौँला । चुनावका समयमा खास गरी ०४३ को राष्ट्रिय पञ्चायतका चुनावमा तत्कालिन पञ्चे र मण्डलेहरुले गुण्डा गर्दि गर्ने भएकोले शारिरिक रुपमा बलिया भएका मान्छे लिएर गाउ जान रुपचन्द्रले निर्देश गर्नुभएको थियो । सधैँ सो कुरा मिल्दैनथ्यो । तै पनि जनमुखि सहकर्मी अस्मीर,सिव, हरि, बलराम, जनक आदि मध्ये कोही साथमा हुन्थे । गायकको रुपमा शुक्र, स्वस्ती, राजु, कमला,आदि हुन्थे ।

२०४३ को चुनावमा रण संग्राम, हरिवोल महत, शिव राना, जनक वर्तौला, बलराम बल आदीले शारिरिक हमलाको राम्रोसंग प्रतिकार गर्न सक्षम थिए । म त लुरे विचार र भाषण मात्र न हो । राजनैतिक रुपमा प्रमुख नीति तय रुपचन्द्रले गर्ने र राजनीतिक रुपमा कार्यान्वयन गर्ने , सभा आयोजना गर्ने , सभाको प्रचार गर्ने , सभालाइ संवोधन गर्ने कार्य रुपचन्द्र विष्ट , रामनारायण बिडारी , विश्वकान्ती कलावति, कृष्ण घिमिरे, रामहर सुवेदी, एकराज उप्रेति, अशोक शाक्य, धर्म राजथला आदीले गर्ने गर्दथे । शहरमा वैठकको खानपिनको , स्थानको व्यवस्थापन अजेय शुमार्गी, राधेश्याम विडारी,वद्री,रामचन्द्र,अशोक बानियाँ, शम्भु मिश्रहरुले गर्थे

विद्यार्थी संगठन, मजदुर संगठन, किसान संगठन, नारी संगठन जनमुखीका नाममा संचालित थिए । जसको संचालनको जिम्मा रुपचन्द्रले मलाइ दिनुभएको थियो । बेला बेलामा प्रशिक्षण रुपचन्द्रले गर्नुहुन्थ्यो । गोप्य रुपमा कम्युनिष्ट पार्टिका नेताले पनि प्रशिक्षण गर्ने काम हुन्थ्यो । यसको व्यवस्थापनको काम मजदुर संगठनले गर्दथ्यो भने कहिले काँही गोप्य रुपमा सुमार्गीले पनि गरेका हुन्थे । २०३९ देखि २०४६ सम्म मकवानपुरमा दलिय अभ्यास थियो । देश भरमा निर्दलिय व्यवस्था चलेको थियो । जनमुखि सहयोग समिती नामबाट गाउँगाउँमा समिती संगठित थिए । दल प्रतिवन्ध भएका कारण यस्तो गरिन्थ्यो ।

रापसको प्रतिनिधिको रुपमा म गाउँसभामा भाग लिन रुपचन्द्रको तर्फ बाट जान्थेँ । कतै विवाद पनि हुन्थ्यो । निर्दलीय व्यवस्थामा रापसले प्रतिनिधि पठाउन पाइँदैन भनी पञ्चेहरुले बखेडा झिक्दथे । सरकारी सभामा समेत रुपचन्द्रको प्रतिनिधि रुपमा जनमुखि वक्ता रामनारायण विडारी प्रस्तुत हुन्थे । यहि समयमा हेटौँडा नगरपालिकामा जनमुखी सहकर्मीको हैसियतमा अशोक बानियाँ प्रधान पञ्च, सम्भु भट्टराई उप प्रधानपञ्च सहितको नगरपालिका बोर्ड थियो ।

नवराज अर्याल, हरिवोल महत, सहितका वडा अध्यक्षहरु थिए । अजेय शुमार्गी, अमृत राजथला सहितको नगर सभासद थिए । यीनैवाट नगरपालिकाको नेतृत्व हुन्थ्यो । नगर जिल्लाको राजनीति रामनारायण विडारीले हेर्नुपर्ने जस्को निर्देशन, नियन्त्रण, संरक्षण रुपचन्द्रले गर्ने गरीएको थियो ।

यसरी मकवानपुर जिल्लामा निर्दल कालमा नै दलिय अभ्यास रुपचन्द्रले गर्नु भएको थियो । जस्मा हामि सहयोगी थियोै । यसरी २०३८ देखि २०४३ सम्म रुपचन्द्रको कार्यकर्ता अति कम, जनताको अति सर्मथन थियो । ०४३ देखि ०४६ सम्म कार्यकर्ताको वृद्धी भयो तर जनमतमा खास वृद्धी भएन । ०४६ पछि रुपचन्द्र विरुद्धमा षडयन्त्र व्यापक सुरु भयो । यस पछि स्वार्थी कार्यकर्ताले पनि जनमुखि राजनीतिबाट अलग हुन थाले । ०४७ पछि त माले, काग्रेस हुन पुगे । ०४८ मा फेरी कार्यकर्ता कम भए । परीणामतः रुपचन्द्र ०४८ मा हेटौँडा क्षेत्रबाट हार खानु भयो । जित्ने वा वलियो भनिएको पालुङ्ग क्षेत्रमा रुपचन्द्रले मलाइ उठाउनुभयो । त्यहाँबाट पनि हार भयो । त्यस पछि त स्वार्थीहरु पाखा लागे , थोरै जनमुखी सहकर्मी बाँकी भयौँ । अनि रुपचन्द्रसंग छलफल भयो ।

नेकपा जनमुखी कसरी संचालन गर्ने । उहाँले जनमुखी राजनीति नै उपयुक्त, वैज्ञानिक राजनीति हो । यसैलाइ संचालन गर । सक्दैनोेै भने मात्र विकल्प खोज भन्नुभयो । हामिले प्रयत्न गर्यौँ । तर कम्युनिष्ट पार्टिसंग सहकार्य गरेर जानु नै समयानुकुल श्रेयकर हुने ठहर गरि उहाँलाइ भनियो , उहाँले वैधानीक रुपमा संयुक्त जनमोर्चासंग एकता, एक्यता, एकवद्धता जो जे गर्नु पर्छ गरे हुन्छ जनमोर्चाको मातृ दल भूमिगत पार्टी एकता केन्द्र हो भनि मलाई निर्देशन दिनुभयो । अनी रामनारायण विडारीले नेकापा जनमुखिको महासचिवको हैसियतले निर्णयानुसार नेकपा एकता केन्द्रसंग संयुक्त वक्तव्य जारी गरि एकिकरण गरियो । यसैको परिणामनुसार आज हामी नेकपामा छौँ ।

यहाँ पनि जनमुखी राजनीति र थाहा दर्शनका कुरा ढुक्क राख्ने गरिएको छ । क.ओलिले एक सार्वजनिक कार्यक्रममा भनेका थिए । “अव ५० वर्ष पछि रुदानेलाइ समाजमा ठुलो दार्शनिकको रुपमा लिनेछन् । उहाँको सिद्धान्त प्रचारित हुनेछ । त्यस अगाडि उहाँको धेरै मर्यादा संमान हुदेैन किनकि उहाँका समकालिनहरु अझै जिउँदै छन् । उहाँले तिनिहरुलाइ घोचीलो प्रहार गरेर भित्तामा पुर्याएका मान्छे उहाँलाई अझै इर्षा गर्दैछन् । ५० वर्ष पछि ति सवै बिति सक्दछन् । नयाँ पिडीको उदय हुन्छ । राजनिति पनि तिनकै नेतृत्वमा हुन्छ । अनि उहाँका कुराको व्याख्या निष्पक्ष तरिकावाट हुन्छ र सो कार्यन्वयन निम्ती प्रयास हुन्छ ।”

रुदानेले २०४२ मा निर्दलीय व्यवस्था निर्दयी व्यवस्था हो । बहुदलीय व्यवस्था बहुला व्यवस्था हो । यी दुवै व्यवस्था फालेर जनतालाइ जनमुखी व्यवस्था चाहिन्छ भन्नु भएको थियो । जनताको जनवाद भन्ने कुरा यहि हो । यो भन्न राष्ट्रिय पञ्चायतमा मिल्दैनथ्यो । तसर्थ जनताको जनमुखी राजनितिको कुरा गरिएको हो ।

बिडारी अधिवक्ता एवम् राष्ट्रिय सभाका सदस्य हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*