रुपचन्द्र विष्टसंग हामी संगै रहँदा
“शत्तामुखि राजनीतिमा शोषणका निम्ती शासन,शासन निम्ती शोषण हुन्छ भने जनमुखी राजनीतिमा अधिकारको निम्ती राजनीति तथा समाज हितका निम्ती विकास,विकासको निम्ती समाज हुन्छ यहि चलाऔ ।” यहि भनाइले अन्ततः म राजनैतिक हिसावले रुदानेको निर्वाचनलाइ सघाउन रुदानेको वोलावटमा २०३८ साल वैसाखमा हेटौँडा पुगेँ । त्यसबेला हेटौँडामा रुपचन्द्रको सम्पर्क थलो हरिकृष्ण विष्ट र शिव कार्कीको घर रहेछ ।
गोर्वधन थापा पनि उहाँको मिल्ने साथी रहेछन् । हेटौँडाका राजथला परिवार रुपचन्द्रको प्रत्यक्ष सर्मथनमा थियो । त्यहाँ वसेर रुपचन्द्रका चुनावी कुरा सुनेर रुपचन्द्र कै भनाइ अनुसार उत्तरी क्षेत्र प्रचारमा हिडेँ । चुनावमा चाहिने पर्चा, घोषणापत्र, केहि इनामेल पनि मलाइ त्यहि घरवाट प्राप्त भयो । अल्लारे उमेर खर्च पनि थिएन अन्त जाने आटै आएन । टिष्टुङ् घरमा आएर दिनभरी गाउँका साथीहरुसंग वरिपरिका गाउँमा पर्चा बेच्न गयौँ । पर्चा बेच्ने भित्तामा कमेरोले शुर्य चिन्ह बनाउने । कसै कसैलाई कपडामा पनि थाहा लेख्ने तर त्यतिवेला लेख्न मान्दैनथे ।
अन्ततः चुनाव जितियो । त्यस समयमा रुपचन्द्रको प्रचारमा खास गरी दामनपालुङ्का र हेटौँडाका केही परिवार मात्र प्रचारमा थिए । किनकि उहाँ व्यवस्थाको विरोधी ,स्वभाव पनि विद्रोही मान्छे डराउँथे । रुपचन्द्रको नातामा भाइ पर्ने झलकचन्द्र नै सो चुनावको अर्को उम्मेदवार भएका थिए । उहाँले पञ्चायतको सर्मथनमा पोष्टरिङ् गरिरहनुभएको थियो । कमल थापा दरवारिया उमेदवार , विभिन्न पञ्चेहरु पनि उम्मेदवार थिए । महिलामा विश्वकान्ती कलावति सुमार्गी पनि उम्मेदवार थिइन् । सिट संख्या २ थियो मकवानपुरको । पुरै जिल्ला एक क्षेत्र थियो । अन्ततः नेगी जि र रुपचन्द्रले चुनाव जितेको घोषणा भयो । नेगी जीको जितमा पञ्चहरुले उत्सव मनाए । तर रुपचन्द्रले अविरे जात्रा नर्गन
भन्नुभयो ।
२०४३ पछि मलाइ रुपचन्द्रले मकवानपुर जिल्लामा गै राजनिति गर्न प्रोत्साहित गर्नुभयो । काठमाण्डौँ छोड्न भन्नु भयो । यो कुरालाइ मैले स्विकार गरेँ । त्यसपछि मैले काठमाण्डौँ छाडेर हेटौँडा आधार बनाएर राजनीति संगसंगै कानून व्यवसाय पनि गर्न थाले । जनमुखी वकिलको कार्यालय नामको वकिल कार्यालय खोलेर त्यसलाइ राजनीतिको सम्पर्क थलो बनाएर मकवानपुर जिल्लाको तत्कालिन ४३ गाबिस र एक नगरपालिकाको प्राय सवै वडामा पुग्ने गरी जनमुखी कार्यक्रमहरु राखियो । कम्युनिष्ट भन्न नपाइने भएकोले रुपचन्द्रले ०३८ वटै शव्द चयन गर्नु भएको थियो कि जनमुखि सहकर्मी यहि शव्दलाइ प्रयोग गरी जनमुखी राजनीतिको नामबाट रुपचन्द्र संगै वा अन्य सहकर्मीहरुसंग जिल्ला भ्रमण गरियो ।
यो भ्रमण निर्वाचन समयमा मात्र हैन । वार्षिक रुपमा गरिन्थ्यो । हिउँदे वर्षे जनमुखी सभा गाउँगाउँमा हुन्थ्यो । ती सभाका रोचक कुरा पछि लेखौँला । चुनावका समयमा खास गरी ०४३ को राष्ट्रिय पञ्चायतका चुनावमा तत्कालिन पञ्चे र मण्डलेहरुले गुण्डा गर्दि गर्ने भएकोले शारिरिक रुपमा बलिया भएका मान्छे लिएर गाउ जान रुपचन्द्रले निर्देश गर्नुभएको थियो । सधैँ सो कुरा मिल्दैनथ्यो । तै पनि जनमुखि सहकर्मी अस्मीर,सिव, हरि, बलराम, जनक आदि मध्ये कोही साथमा हुन्थे । गायकको रुपमा शुक्र, स्वस्ती, राजु, कमला,आदि हुन्थे ।
२०४३ को चुनावमा रण संग्राम, हरिवोल महत, शिव राना, जनक वर्तौला, बलराम बल आदीले शारिरिक हमलाको राम्रोसंग प्रतिकार गर्न सक्षम थिए । म त लुरे विचार र भाषण मात्र न हो । राजनैतिक रुपमा प्रमुख नीति तय रुपचन्द्रले गर्ने र राजनीतिक रुपमा कार्यान्वयन गर्ने , सभा आयोजना गर्ने , सभाको प्रचार गर्ने , सभालाइ संवोधन गर्ने कार्य रुपचन्द्र विष्ट , रामनारायण बिडारी , विश्वकान्ती कलावति, कृष्ण घिमिरे, रामहर सुवेदी, एकराज उप्रेति, अशोक शाक्य, धर्म राजथला आदीले गर्ने गर्दथे । शहरमा वैठकको खानपिनको , स्थानको व्यवस्थापन अजेय शुमार्गी, राधेश्याम विडारी,वद्री,रामचन्द्र,अशोक बानियाँ, शम्भु मिश्रहरुले गर्थे
विद्यार्थी संगठन, मजदुर संगठन, किसान संगठन, नारी संगठन जनमुखीका नाममा संचालित थिए । जसको संचालनको जिम्मा रुपचन्द्रले मलाइ दिनुभएको थियो । बेला बेलामा प्रशिक्षण रुपचन्द्रले गर्नुहुन्थ्यो । गोप्य रुपमा कम्युनिष्ट पार्टिका नेताले पनि प्रशिक्षण गर्ने काम हुन्थ्यो । यसको व्यवस्थापनको काम मजदुर संगठनले गर्दथ्यो भने कहिले काँही गोप्य रुपमा सुमार्गीले पनि गरेका हुन्थे । २०३९ देखि २०४६ सम्म मकवानपुरमा दलिय अभ्यास थियो । देश भरमा निर्दलिय व्यवस्था चलेको थियो । जनमुखि सहयोग समिती नामबाट गाउँगाउँमा समिती संगठित थिए । दल प्रतिवन्ध भएका कारण यस्तो गरिन्थ्यो ।
रापसको प्रतिनिधिको रुपमा म गाउँसभामा भाग लिन रुपचन्द्रको तर्फ बाट जान्थेँ । कतै विवाद पनि हुन्थ्यो । निर्दलीय व्यवस्थामा रापसले प्रतिनिधि पठाउन पाइँदैन भनी पञ्चेहरुले बखेडा झिक्दथे । सरकारी सभामा समेत रुपचन्द्रको प्रतिनिधि रुपमा जनमुखि वक्ता रामनारायण विडारी प्रस्तुत हुन्थे । यहि समयमा हेटौँडा नगरपालिकामा जनमुखी सहकर्मीको हैसियतमा अशोक बानियाँ प्रधान पञ्च, सम्भु भट्टराई उप प्रधानपञ्च सहितको नगरपालिका बोर्ड थियो ।
नवराज अर्याल, हरिवोल महत, सहितका वडा अध्यक्षहरु थिए । अजेय शुमार्गी, अमृत राजथला सहितको नगर सभासद थिए । यीनैवाट नगरपालिकाको नेतृत्व हुन्थ्यो । नगर जिल्लाको राजनीति रामनारायण विडारीले हेर्नुपर्ने जस्को निर्देशन, नियन्त्रण, संरक्षण रुपचन्द्रले गर्ने गरीएको थियो ।
यसरी मकवानपुर जिल्लामा निर्दल कालमा नै दलिय अभ्यास रुपचन्द्रले गर्नु भएको थियो । जस्मा हामि सहयोगी थियोै । यसरी २०३८ देखि २०४३ सम्म रुपचन्द्रको कार्यकर्ता अति कम, जनताको अति सर्मथन थियो । ०४३ देखि ०४६ सम्म कार्यकर्ताको वृद्धी भयो तर जनमतमा खास वृद्धी भएन । ०४६ पछि रुपचन्द्र विरुद्धमा षडयन्त्र व्यापक सुरु भयो । यस पछि स्वार्थी कार्यकर्ताले पनि जनमुखि राजनीतिबाट अलग हुन थाले । ०४७ पछि त माले, काग्रेस हुन पुगे । ०४८ मा फेरी कार्यकर्ता कम भए । परीणामतः रुपचन्द्र ०४८ मा हेटौँडा क्षेत्रबाट हार खानु भयो । जित्ने वा वलियो भनिएको पालुङ्ग क्षेत्रमा रुपचन्द्रले मलाइ उठाउनुभयो । त्यहाँबाट पनि हार भयो । त्यस पछि त स्वार्थीहरु पाखा लागे , थोरै जनमुखी सहकर्मी बाँकी भयौँ । अनि रुपचन्द्रसंग छलफल भयो ।
नेकपा जनमुखी कसरी संचालन गर्ने । उहाँले जनमुखी राजनीति नै उपयुक्त, वैज्ञानिक राजनीति हो । यसैलाइ संचालन गर । सक्दैनोेै भने मात्र विकल्प खोज भन्नुभयो । हामिले प्रयत्न गर्यौँ । तर कम्युनिष्ट पार्टिसंग सहकार्य गरेर जानु नै समयानुकुल श्रेयकर हुने ठहर गरि उहाँलाइ भनियो , उहाँले वैधानीक रुपमा संयुक्त जनमोर्चासंग एकता, एक्यता, एकवद्धता जो जे गर्नु पर्छ गरे हुन्छ जनमोर्चाको मातृ दल भूमिगत पार्टी एकता केन्द्र हो भनि मलाई निर्देशन दिनुभयो । अनी रामनारायण विडारीले नेकापा जनमुखिको महासचिवको हैसियतले निर्णयानुसार नेकपा एकता केन्द्रसंग संयुक्त वक्तव्य जारी गरि एकिकरण गरियो । यसैको परिणामनुसार आज हामी नेकपामा छौँ ।
यहाँ पनि जनमुखी राजनीति र थाहा दर्शनका कुरा ढुक्क राख्ने गरिएको छ । क.ओलिले एक सार्वजनिक कार्यक्रममा भनेका थिए । “अव ५० वर्ष पछि रुदानेलाइ समाजमा ठुलो दार्शनिकको रुपमा लिनेछन् । उहाँको सिद्धान्त प्रचारित हुनेछ । त्यस अगाडि उहाँको धेरै मर्यादा संमान हुदेैन किनकि उहाँका समकालिनहरु अझै जिउँदै छन् । उहाँले तिनिहरुलाइ घोचीलो प्रहार गरेर भित्तामा पुर्याएका मान्छे उहाँलाई अझै इर्षा गर्दैछन् । ५० वर्ष पछि ति सवै बिति सक्दछन् । नयाँ पिडीको उदय हुन्छ । राजनिति पनि तिनकै नेतृत्वमा हुन्छ । अनि उहाँका कुराको व्याख्या निष्पक्ष तरिकावाट हुन्छ र सो कार्यन्वयन निम्ती प्रयास हुन्छ ।”
रुदानेले २०४२ मा निर्दलीय व्यवस्था निर्दयी व्यवस्था हो । बहुदलीय व्यवस्था बहुला व्यवस्था हो । यी दुवै व्यवस्था फालेर जनतालाइ जनमुखी व्यवस्था चाहिन्छ भन्नु भएको थियो । जनताको जनवाद भन्ने कुरा यहि हो । यो भन्न राष्ट्रिय पञ्चायतमा मिल्दैनथ्यो । तसर्थ जनताको जनमुखी राजनितिको कुरा गरिएको हो ।
