विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निर्णय गरेको छ ।
शनिबार बालुवाटारमा बसेको नेकपा बैठकले विदेशी महिलालाई नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनैपनि विदेशी महिलाले स्वदेशी पुरुषसँग विवाह गरेर ७ बर्ष स्वदेशमै बसेको हुनुपर्ने र त्यसबीचमा विदेशको नागरिकता त्यागेको प्रमाणपत्र पेस गरेपछि मात्रै नागरिकता दिन सकिने निर्णय गरेको जानकारी दिए ।
नेकपाले शुक्रबार पार्टीका केही नेता तथा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेका सांसदहरुसँग परामर्श गरेको थियो भने बिहीबार काँग्रेससँग छलफल गरेको थियो ।
।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार सहमति जुटाउन ५ दिनको समय दिएको थियो ।
