एमसीसीबारे छलफल गर्न आज नेकपा बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज शनिबार फेरी बैठक बोलाइएको छ ।
पटक–पटक स्थगित हुँदै आएको नेकपा बैठक आज फेरी ९ बजेको लागि बोलाइएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) माथि छलफल हुनेछ ।
एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक स्थगित गर्ने गरिएको छ ।
यसअघि जेठ ३२ मा बोलाइएको बैठक पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
