कतारमा कोरोना संक्रमणबाट एकैदिन ७ जनाको मृत्यु

अनिल पराजुली/कतार
२०७७ असार ५, शुक्रबार १७:३३
filr-photo

कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएकामध्ये एकैदिन ७ जनाको मृत्यु भएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ७७ बर्षीय, ७१ बर्षीय, ६९ बर्षीय, ६५ बर्षीय, ६४ बर्षीय, ४० बर्षीय र ३४ बर्षीय नागरिकको मृत्यु भएको छ ।

कतारमा कोरोना भाइरसका कारण हाल सम्म ९३ जनाको मृत्यु भईसकेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३हजार ८ सय ३१ जनाको जाँच गर्दा एक हजार २१ जना नयाँ संक्रमित फेला परेकाछन् । यससँगै कतारमा संक्रमितको संख्या ८५ हजार ४ सय ६२ पुगेको छ ।

त्यस्तै ६५ हजार ४ सय ९ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।  क्वारेन्टाइनबाट डिस्चार्ज हुनेमा कोरोना पोजेटिभ र नेगेटिभ दुबै रहेका छन् ।

पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने बिश्व
स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्ग निर्देशन अनुसार अपनाइएको स्वास्थ्य उपचार विधिका कारण कतारमा कोरोना संक्रमण जित्ने दर बढेको हो ।

शुक्रवार मात्रै १७ सय ६७ जना संक्रमित निको भएर घर फर्केका हुन् ।

१९ हजार ६ सय ६० जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म ३
लाख १३ हजार ५ सय १ जनाको कोरोना जाँच भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।

कतारमा कोरोना संक्रमित मध्ये ११ सय ५७ जनालाई अस्पतालमा राखेर उपचार भईरहेको छ भने पछिल्लो २४ घण्टामा १ सय ६० जना अस्पताल भर्ना भएका छन ।

त्यस्तै आइसियूमा राखेर २ सय २१ जनाको उपचार भईरहेको मध्ये पछिल्लो २४ घण्टामा १६ जना थपिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जानकारी दिएको छ ।

संक्रमित मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन ।

हाल कतारमा करिव ३ लाख ५० हजार नेपाली रहेको छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*