आवमा सांसदले खर्च गर्न नसकेको रकम कोरोना कोषमा जम्मा गर्ने

तु खबर संवाददाता
२०७७ असार ५, शुक्रबार १५:४७

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/०७७ मा सांसदहरुले खर्च गर्न नसकेको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

असार २ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारले आव ०७६/०७७ मा सांसदहरुलाई दिएको पैसा खर्च नभएको भए कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बैठकले सांसद विकास कोषबाट खर्च नभएको रकम सम्वन्धित स्थानीय तहको कोरोना कोषमा यही असार १५ गतेसम्म जम्मा गर्नेगरी नियमावली संशोधन गरिएको छ ।

यसरी जम्मा भएको पैसा प्रचलित कानुन बमोजिम कोरोनाको उपचार, नियन्त्रण र रोकथाममा मात्रै खर्च गर्न पाइने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

गत चैत्र ११ गतेदेखि भएको लकडाउनका कारण सांसदहरुको यो रकम पूर्ण रुपमा खर्च हुन सकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*