सुरुङ बनाउँछु भन्नु कम्युनिष्ट सरकारको भ्वाङ परेको विचार हो : केशव स्थापित

तु खबर संवाददाता
२०७७ असार २, मंगलवार १५:३९

मकवानपुर । बागमती प्रदेशका प्रदेश सभा सदस्य केशव स्थापीतले प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि सार्वजनिक गरेको बजेट प्रभावकारी नहुने बताएका छन् ।

भौतिक पूर्वाधार विकासका क्षेत्रमा सरकारले बजेट ल्याएको भएपनि कुनै अध्ययन नगरी ल्याएको आरोप लगाए ।

उनले भीमफेदी – कुलेखानी सुरुङ मार्ग निर्माणको विषयमा पनि फरक मत राखेका छन् । कम लगानीमा सुरुङ नबनाई सडक बनाउन सक्ने अवस्था भएपनि प्रदेश सरकारको सुरुङ मार्गमा मात्रै ध्यान जानु कम्युनिष्टहरुको भ्वाङ परेको विचार भएको उनले बताए ।

फोहोर मैला व्यवस्थापनको क्षेत्रमा पनि सरकारले अपेक्षा अनुसारको बजेट ल्याउन नसकेको उनले बताए ।

सबै क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्न नसकिएको र शौचालयको समेतको समेत व्यवस्थापन गर्न नसकिएको उनको भनाई छ ।

हिजो असार १ गते प्रदेश सरकारले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको थियो ।

उक्त बजेटमध्ये चालू खर्चतर्फ रु २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार र पूँजीगत खर्चतर्फ रु २५ अर्ब १४ करोड १ लाख ५९ हजार विनियोजित गरिएको छ । अर्थात चालुतर्फ ५१.१२ प्रतिशत र पुँजीगत तर्फ ४८.४४ प्रतिशत रकम विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*