नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज आइतबार बस्दैछ ।
नेकपा सचिवालय बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।
आज बस्ने उक्त बैठकमा एमसीसी परियोजनाबारे छलफल हुने भएको नेकपा स्रोतले बतायो ।
बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ ।
यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो ।
स्रोतका अनुसार, सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।
संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ ।
पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।
