सरिता गिरीको घरमा ढुंगामुढा गर्ने हेमराज थापा प्रहरीको नियन्त्रणमा
काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गर्नेलाई एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाजुरा जिल्ला स्थायी घर भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापा रहेका छन् ।
गिरीको काठमाडौंको विशालनगरस्थित घरको मूलढोकामा ढुंगामुढा गरी क्षति पुर्याएको आरोपमा प्रहरीले थापालाई शुक्रबार बिहान पक्राउ गरेको हो ।
उक्त घटनाको भिडियो बनाई युट्युबमा अपलोड गरेको र सो विषयमा सोधपुच्छ गर्ने क्रममा प्रहरीमाथि नै जाइ लागेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।
