विदेशबाट नेपाली नागरिक ल्याउन १० दिन उडान खोल्ने तयारी
मकवानपुर । सरकारले विदेशबाट नागरिक ल्याउन १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी गरेको छ ।
सरकारले विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याउनका लागि १० दिनका लागि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा अन्तर्राष्ट्रिय उडान खोल्नेबारे प्रस्ताव गएको छ । सम्भवतः उक्त प्रस्तावमा सोमबार निर्णय हुन सक्ने स्रोतले बतायो ।
