जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने भएको छ । जसमा तीन जना अध्यक्ष र दुई जना पदाधिकारी रहने भएको हो ।
जसमा महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय भएको स्रोतले जानकारी दिए ।
यस्तै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन् । बाँकी सबैको नाम मात्रै पठाइने भएको छ ।
जसपा नेताहरू दल दर्ताका लागि केहीबेरमा निर्वाचन आयोग जाँदैछन् ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो ।
