सुनको भाउ १० हजारले बढ्यो
काठमाडौं । गत चैत्र ८ गतेबाट बन्द भएको सुनचाँदीको कारोबार आइतबारबाट खुलेको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९६० रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले आइतबारका चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ ।
लकडाउनअघि र पछि तुलना गर्दा सुन प्रतितोला १० हजार रुपैयाँ र चाँदी प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
