प्रधानमन्त्रीले नचिन्ने हो भने कसको दौराको फेर समाएर ओम्नी बालुवाटार छिर्यो

तु खबर संवाददाता
२०७७ जेष्ठ १३, मंगलवार ०६:३९
Featured Video Play Icon

मकवानपुर, बागमती प्रदेशसभाका सदस्य रमेश पौड्यालले प्रधानमन्त्रीले नचिनेको हो भने कसको दौराको फेर समाएर ओम्नी बालुवाटार छिर्यो भनेर प्रश्न गरेका छन् ।

सोमबार बागमती प्रदेशसभाको बजेट अधिवेशन अघि शुभकामना व्यक्त गर्दै प्रदेशसभा सदस्य पौड्यालले कोरोनाले भन्दा पनि भोक र भ्रष्टाचारले मार्ने अवस्था आएको बताउँदै ओम्नीको उदाहारण दिएका हुन् ।

एक जना मन्त्री नेपालको नक्सा छाप्तै होम डेलेभरी गर्न व्यस्त भएको भन्दै उनले नक्सा बाड्ने नै हो भने पनि साउथ ब्लकलाई नक्सा बाड्न आग्रह गरे । साथै उनले नेपालको तर्फबाट यथेष्ट प्रमाण पेश गरी टक गरी नेपाली भूमी फिर्ता ल्याउन माग समेत गरे ।

हेर्नुहोस् भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*