कोरोना संक्रमित संख्याको चौथो स्थानमा ब्राजिल, इटाली र स्पेनलाई पनि उछिन्यो

तु खबर संवाददाता
२०७७ जेष्ठ ५,सोमबार ०८:५३

दक्षिण अमेरिकी राष्ट्र ब्राजिल कोरोना संक्रमितको संख्यामा चौथो नम्बरमा पुगेको छ । पछिल्लो २४ घन्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएपछि ब्राजिलले कोरोना संक्रमितको संख्यामा इटाली र स्पेनलाई पछि छाडेको हो ।

पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको ब्राजिलको अवस्था भयावह बन्दै गएको हो । ब्राजिलभन्दा बढी अमेरिका, रुस र बेलायतमा संक्रमित रहेका छन् ।

ब्राजिलमा अहिलेसम्म २ लाख ४१ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ९४ हजार १ सय २२ जना संक्रमणमुक्त भएका छन् । ब्राजिलमा हालसम्म कोभिड( १९ बाट मृत्यु हुनेको संख्या १६ हजार १ सय १८ पुगेको छ ।

बेलायतमा २ लाख ४४ हजारभन्दा बढी, रुसमा २ लाख ८१ हजारभन्दा बढी तथा अमेरिकामा १४ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

स्पेनमा २ लाख ३० हजार तथा इटालीमा २ लाख २५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या भने ब्राजिलमा भन्दा स्पेन, इटाली, फ्रान्स, बेलायत र अमेरिकामा बढी रहेको छ ।
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*