कुखुराको मासु २ सय ५० रुपैयाँमा बेच्ने निर्णय, वैज्ञानिक मुल्य निर्धारण गर्न अध्ययन समिति गठन

तु खबर संवाददाता
२०७७ बैशाख ३०,मंगलवार १८:०६

मकवानपुर, कुखुराको मासु प्रतिकेजी २ सय ५० रुपैयाँमा विक्री गर्ने सहमति भएको छ । साथै, मासुको वैज्ञानिक रुपमा मुल्य कायम गर्न अध्ययन गरी आवश्यक निर्णय गर्न हेटौंडा उपमहानगरपालिका वडा नं. २ का सदस्य महेश्वरमान श्रेष्ठको संयोजकत्वमा एक समिति समेत बनाइएको छ ।

आज हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिले किसानको वास्तविक लागत मुल्य, प्रोसेसिङ खर्च, र मासु व्यवसायीको मनासिव प्रतिफल सहितको तयारी मासुको मूल्य निर्धारण गर्न समितिले प्रतिवेदन तथा सुझाव दिएपछि सोही अनुसार गर्ने निर्णय पनि बैठकमा भएको छ ।

हेर्नुहोस् निर्णय :


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*