आज मन्त्रिपरिषद् बैठक बस्दै
मकवानपुर । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बुधबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठक बुधबार ११ बजे बस्ने भएको हो ।
सो बैठकमा सरकारले कोरोनाभाइरसको रोकथामका लागि जारी गरेको लकडाउन पुन थप गर्ने कि, नगर्ने भन्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
यसअघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन अवधि थप्नुपर्ने निष्कर्ष निकालेको छ ।
