मनहरी–५ का ८२ परिवारलाई राहत

तु खबर संवाददाता
२०७७ बैशाख २२, सोमबार १०:३१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–५, डिल्लीपुरका युवाहरुको सक्रियतामा वडाका न्यूनवर्गीय परिवारलाई राहत वितरण गरिएको छ ।

दोस्रो चरणको राहत वितरण कार्यक्रमअन्तर्गत आइतबार ८० घरधुरीलाई चामल, दाल, तेल, नुन, मसला, मस्यौरालगायतका सामाग्री वितरण गरेका हुन् ।

स्थानीय युवा योगेन्द्र अर्याल र शिवराज उप्रेतीको संयोजकत्वमा देश तथा विदेशमा रहेका स्थानीय युवाहरुसँग सहयोग लिई गाउँमा राहत वितरण गरिएको हो ।

आइतबार मनहरी–५ को बसन्तपुर माझाटोल, मिजार टोल, दुम्सीघडा, डन्डीबारी, नयाँ गाउँ, डन्डी र रातोमाटे टोलमा पुगी राहत सामाग्री वितरण गरिएको हो ।

लकडाउनका कारण दैनिक काम ठप्प हुँदा बिहान बेलुका छाक टार्न मुस्किल भएका परिवारको पहिचान गरी पहिलो चरणमा शुक्रबार सोही वडाका १ सय ३५ परिवारलाइ्र्र राहत वितरण गरेका युवाहरुले दोस्रो चरणमा ८० परिवारलाई राहत वितरण गरेका हुन् ।

राहत सामाग्रीका लागि तरुण दल मकवानपुरका उपाध्यक्ष रामकुमार रायमाझी (हारा), मकाउमा रहेका स्थानीय युवा जनकराज उप्रेती, जापानमा रहेका युवाहरु नवराज लामिछाने, सन्देशबाबु थापा, अन्जन उप्रेती र बद्री ढुंगानाले सहयोग गरेका थिए ।

राहत वितरण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य नवराज उप्रेती, नेपाली काँग्रेस वडा सभापति विष्णुप्रसाद उप्रेती, स्थानीय युवा श्रीकृष्ण वर्तौला, नवराज विष्ट, युवा समाजसेवी कुमार वाइबा, गणेश थिङ, जयराम बस्नेत, मित्रलाल मुक्तानलगायत स्थानीय समाजसेवी युवाहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*