‘संक्रमण रोक्ने र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन हो’– प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमामा आवातजावतमा थप कडा पार्न निर्देशन दिएका छन् ।
आईतबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनको पालना र भारतसँगको सिमामा आवतजावतमा कडाई गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
‘कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथाम गर्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प भनेकै लकडाउन हो ।’–प्रधानमन्त्री ओलीले भने
अहिले भारतसँग जोडिएको नाकाहरु सबै सिल गरिएको छ । यसलाई अझ कडाई गर्न दुबै देशका समकक्षी अधिकारीहरुसँग कुरा गरी मृत्युदरलाई शुन्यमा झार्न उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
सरकारले गत चैत्र ११ गते देशव्यापी लकडाउन गरेको छ । पछिल्लो समय थपिएको लकडाउनको अवधि वैशाख २५ गते सकिँदैछ ।
