अपडेट– कुवेतमा थप ११ नेपालीमा कोरोनाको पुष्टि, कति पुग्यो संक्रमित संख्या ?

तु खबर संवाददाता
२०७७ बैशाख २०, शनिबार १४:०६
filr-photo

काठमाडौं । कुवेतमा शुक्रबारमात्रै ११ नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले ११ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो।

योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ७५ पुगेको छ ।

कुवेतमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका ३ सय ५३ नयाँ संक्रमित भेटिएका छन्। कोरोनाका कारण ३० जनाले ज्यान गुमाइसकेका छन् भने १ हजार ६ सय २ निको भएका छन्।

त्यस्तै नेपालमा कोरोनाका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु भएको छैन् । नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

शुक्रबार रुपन्देही र बाँकेका एक÷एक पुरुषमा संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोनाको संख्या ५९ पुगेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित व्यक्तिमध्ये हालसम्म १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*