लकडाउन जेठ ४ गतेसम्म
भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
भारत सरकारले लकडाउन अझै दुई साता लब्याउने निर्णय गरेको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
भारती संचारमाध्यमका अनुसार, भारत सरकारले लकडाउन आगामी जेठ ४ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि मे ३ (बैशाख २१ गते) सम्म गरिएको थियो ।
भारतमा कोरोना संक्रमण बढ्दै गएपछि लकडाउनको अवधी थपिएको जनाइएको छ ।
