कोरोना उपचारको लागि यो औषधि बन्यो प्रभावकारी !

तु खबर संवाददाता
२०७७ बैशाख १८, बिहीबार ०९:२२

कोरोना भाइरसको उपचारका लागि औषधिको प्रभावकारितालाई लिएर नयाँ आशा जागेको बताइएको छ । यसअघि असफल भयो भनिएको रेमडेसिभियर औषधिको परीक्षण नतिजा सकारात्मक देखिएको हो ।

यो औषधिको प्रयोग इबोलाका बिरामीमा गरिसकिएको छ । संसारका ७५ प्रतिशत अस्पतालमा गम्भीर रुपमा बिरामी एक हजार जनालाई यो औषधि दिइएको थियो ।

जसमा प्लेसिबोको तुलनामा रेमडेसिभियर औषधिबाट ३१ प्रतिशत बढी बिरामी निको भएका छन् । यो औषधिको नतिजा आउन ११ देखि १५ दिनको समय लागिरहेको छ ।

वैज्ञानिकले यो औषधि प्रभावकारी बन्न सक्ने बताएका छन् । रेमडेसिभियर औषधि दिएका ८ प्रतिशतको भने मृत्यु भएको छ भने प्लेसिबो औषधि दिइएका ११ प्रतिशतको मृत्यु भएको पाइएको छ ।

रेमडेसिभियर आमेरिकी कम्पनी गिलिएडले निर्माण गरिरहेको छ । यद्यपि यो औषधि कोरोना विरामीमा प्रभावकारी भएको पुष्टि गर्नका लागि थप तथ्यांक आवश्यक रहेको बताइएको छ ।

वैज्ञानिकहरुले यो औषधि गम्भीर रुपमा बिरामी भएकाहरुका लागि प्रभावकारी बन्न सक्ने बताएका छन् । संसारभरका अस्पतालहरुमा यसको परीक्षण भइरहेको छ । चीनमा यो औषधिको प्रयोग असफल भएको थियो ।

तर त्यसबेला यसको परीक्षण सुरुवाती चरणको र कममा गरिएको बताइएको थियो । नयाँ परीक्षण यूएस नेशनल इन्स्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजले गरेको हो ।

अमेरिकी संक्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले यसको परीक्षणको नतिजा सकारात्मक देखिनु खुसीको कुरा भएको बताएका छन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*