नेविसंघ मकवानपुरद्वारा हेटौंडामा विरोध प्रदर्शन
मकवानपुर । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरले हेटौंडामा सरकारको विरोध प्रदर्शन गरेको छ ।
संघले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्नका लागि देशमा जारी लकडाउनको समयमा सामाजिक दूरी कायम गर्दै बुधबार हेटौंडामा सरकारको विरोध प्रदर्शन गरेको हो ।
नेविसंघ केन्द्रीय महामन्त्री प्रभातकुमार दाहालको नेतृत्वमा हेटौंडा–२ स्थित नेपाली कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली हेटौंडाको बुद्धचोकमा पुगेर टुंगिएको थियो ।
संघका विद्याथीहरुले ‘राहत वितरणमा एकरुपता कायम गर, भ्रष्टचारीलाई कारवाही गर’ भन्ने जस्ता नारा लगाउँदै प्रर्दशन गरेका थिए ।
संघले यसअघि पनि लकडाउनकै बेला सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै हेटौँडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेको थियो ।
