बागमती प्रदेससभा सचिवालयमा प्रदेश प्रहरी ऐनको विधेयक दर्ता
मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेशसभा सचिवालयमा प्रदेश प्रहरी ऐनको विधेयक दर्ता गरेको छ ।
सोमबार मन्त्रालयका कानुन अधिकृत परासर खरेलले प्रदेशसभा सचिवालयमा प्रदेश प्रहरी ऐन २०७६ लाई व्यवस्था गर्न बनेको विधेयक दर्ता गरेका हुन् ।
अधिकृत खरेलका अनुसार आज दर्ता भएको विधेयक आगामी बस्ने संसद अधिवेशनको छलफलका लागि पठाउने तयारी भइरहेको जानकारी दिए ।
त्यस्तै सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेलले आगामी संसद अधिवेशन संचालनको लागि एक हप्ता भित्रै कार्य परामर्श समितिको राखी मिति तय गर्ने बताए ।
