हिमपहिरोमा बेपत्ता २ कोरियनको शव फेला, अझै तीन जना बेपत्ता

तु खबर संवाददाता
२०७७ बैशाख १४, आईतवार १५:११
file-photo

अन्नपूर्ण पदमार्गमा आएकोे हिमपहिरोमा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ ।

गत माघ ३ अन्नपूर्ण पदमार्गको हिँकु खोँचमा आएको हिमपहिरोमा बेपत्ता भएकामध्ये दुई कोरियाली नागरिकको शव फेला परेको हो ।

सो हिमपहिरोमा ३ नेपाली र ४ कोरियाली नागरिक गरि ७सहित ७ जना बेपत्ता भएका थिए ।

बेपत्ता भएकामध्ये २ जना नेपाली गाइडको शव यसअघि नै फेला परिसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, शव नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।

हिमपहिरोमा परेका ३ जना अझै बेपत्ता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*