पेरुमा कोभिड–१९ संक्रमणबाट १७ प्रहरीको ज्यान गयो
लिमा । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा १७ जना प्रहरीको ज्यान गएको स्थानीय संचारमाध्यमहरुले जनाएको छ ।
पेरुका नवनियुक्त गृहमन्त्री ग्यास्टोन रोड्रिगेजले शनिबार पत्रकार सम्मेलन गर्दे सो कुराको जानकारी दिए ।
स्थानीय अधिकारीहरूले यस हप्ताको सुरुमा नै कोभिड–१९ बाट कम्तिमा १ हजार ३ सय जना प्रहरीहरु संक्रमित भएको स्वीकारेका थिए । पेरूमा गत मार्च १७ देखि लकडाउन गरिएको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीले गरेको गणना अनुसार पेरूमा २५ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित रहेका र ७ सय जनाको मृत्यु भइसकेको छ । एजेन्सी
