कोरोना अपडेट– मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

तु खबर संवाददाता
२०७७ बैशाख १४, आईतवार ०७:२६
file photo

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख २ हजार ४ सय ५५ जना पुगेको छ भने कोरोना संक्रमितको संख्या २८ लाख ९२ हजार पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ ।

अमेरिकासहित पाँचवटा देशमा मृतक संख्या २० हजार भन्दा माथि छ । जसमा इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वभर २८ लाख ६८ हजार पाँच सय ३९ जना संक्रमित फेला परेका छन् भने ८ लाख ११ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*