भारतमा कोरोना संक्रमणबाट एकैदिन ५९ जनाको मृत्यु
भारत । भारतमा कोरोनाको संक्रमणका कारण एकै दिन ५९ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण शुक्रबार मात्रै ५९ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालय अनुसार, शुक्रबार ५९ जानको मृत्यु भएसँगै भारतमा ७ सय ८० जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको भारतको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
