मकवानपुर क्याम्पसमा अनलाइनको माद्यममबाट कक्षा सञ्चालन
मकवानपुर, कोरोना संक्रमण तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि पठनपाठनमा समस्या भएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसले अनलाइन कक्षा सुरु गरेको छ ।
मकवानपुर क्याम्पसमा बीबीए र बीबीएम कक्षा अनलाइनबाट संचालन भइरहेको कार्यक्रम निर्देशक मधुकुमार सिंहले तु खबरलाई जानकारी दिए ।
बीबीए र बीबीएमका विद्यार्थीहरुबीच अनलाइनको माध्यमबाट कक्षा संचालन भइरहेको छ । २ सय ५० विद्यार्थी बीबीए र बीबीएममा अध्ययनरत छन् ।
लकडाउनले अध्ययन कार्य प्रभावित भएपछि अनलाइनमार्फत् कक्षा सुरु गरिएको हो ।
