काठमाडौमा वैशाख १० गतेसम्म साढे ६२ हजारलाई राहत वितरण

तु खबर संवाददाता
२०७७ बैशाख १२, शुक्रबार १६:११

काठमाडौं । काठमाडौ महानगरपालिकाले वडासँगको समन्वयमा बैशाख १० गतेसम्म साढे ६२ हजारलाई राहत बाँढेको छ ।

काठमाडौ नगरपालिकाले ४० हजार २ सय १९ परिवारलाई र दाताहरुले २२ हजार ५ सय ८ परिवारलाई गरी ६२ हजार सात सय २७ परिवारले राहत पाएको महानगरले जनाएको छ ।

यस्तै १४ हजार ५ सय १७ जनालाई खाना खुवाएको छ । सरकारले कोरोनाबाट उद्योगधन्दा, कलकारखाना बन्द भएर रोजगारी गुमाएका मजदुर तथा विभिन्न क्षेत्रका मजदुरलाई राहत बाँढ्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*