राहत वितरणको लागि राक्सिराङ गएका कटुवालको मृत्यु

तु खबर संवाददाता
२०७७ बैशाख १२, शुक्रबार १३:०२
file photo

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ सिलिङमा राहत वितरणको लागि गएका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा धनकुटा प्रखिबास बस्ने अन्दाजी ५०–५५ वर्षीय खडक बहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिए ।

उनका अनुसार, दिगो विकासका लागि एकता नेपाल नामक संस्थाबाट राहत वितरणका लागि राक्सिराङ–६ गएका कटुवाल एक्कासी लडेर बेहोस भएका थिए ।

लडेर बेहोस हुनुभएको उहाँको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिप्रका मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*