हेटौंडेली गीतकार सुवेदीको ‘बाँचुन्जेल सँगै’ सार्वजनिक

तु खबर संवाददाता
२०७६ पुष २४,बिहीबार १०:२३

मकवानपुर, २४ पुस । हेटौंडेली गीतकार किशन सुवेदीको शब्दमा तयार भएको ‘बाँचुन्जेल सँगै’  बोलको गीत सार्वजनिक भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ लामसुरे निवासी सुवेदीको शब्दमा तयार भएको गीतमा चर्चित गायिका मेलिना राई र गायक तथा संगीतकार सिएल शर्माले आवाज दिएका छन् ।

गायक तथा संगीतकार सिएल शर्माकै संगीतमा रहेको उक्त गीतको अडियो भर्सन सार्वजनिक भएको हो । गीत शर्माकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो ।

https://www.youtube.com/watch?v=Ew09hgMERe0

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*