प्रदेश ३ को नाम बागमती राख्न खोजेको भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौं, २१ पुस । प्रदेश नम्वर ३ को नाम बागमती राख्न खोजेको भन्दै सोमबार काठमाडौं माइतीघरमा प्रदर्शन भएको छ ।
विभिन्न जातीय संघसंस्थाले प्रदेश ३ को नाम बागमती नभई नेवाः ताम्सालिङ राख्नुपर्ने भन्दै माइतीघरमण्डलमा प्रदर्शन गरेका हुन् । उनीहरुले बागमती प्रदेश चाँहिदैन, पहिचान मेट्न पाइदैन भन्दै प्रर्दशन गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठकले केही दिअघि प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्न प्रदेशसभा गरेको थियो ।
प्रदेश ३ को प्रदेशसभामा सोमबारदेखि सुरु भएको छ ।
