प्रदेश ३ को नाम बागमती राख्न खोजेको भन्दै माइतीघरमा प्रदर्शन

तु खबर संवाददाता
२०७६ पुष २१, सोमबार १६:०८

काठमाडौं, २१ पुस । प्रदेश नम्वर ३ को नाम बागमती राख्न खोजेको भन्दै सोमबार काठमाडौं माइतीघरमा प्रदर्शन भएको छ ।

विभिन्न जातीय संघस‌ंस्थाले प्रदेश ३ को नाम बागमती नभई नेवाः ताम्सालिङ राख्नुपर्ने भन्दै माइतीघरमण्डलमा प्रदर्शन गरेका हुन् । उनीहरुले बागमती प्रदेश चाँहिदैन, पहिचान मेट्न पाइदैन भन्दै प्रर्दशन गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठकले केही दिअघि प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्न प्रदेशसभा गरेको थियो ।

प्रदेश ३ को प्रदेशसभामा सोमबारदेखि सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*