मकवानपुर राज्यमा मधेसी संस्कृतिको सम्मान

तु खबर संवाददाता
२०७६ पुष १७,बिहीबार ११:३५

वि.स. १८१९ को भदौमा मकवानपुर राज्य (तत्कालीन अवस्थामा स्वतन्त्र देश)ले आफ्नो अस्तित्व नगुमाउँदासम्म निकै शक्तिशाली मानिन्थ्यो । मकवानपुर शक्तिशाली भएकै कारणले गोरखाले मकवानपुरसित सम्बन्ध गाँसेको थियो । तत्कालीन गोरखाका शासक नरभूपाल शाहले आफ्नो जेठो छोरा युवराज पृथ्वीनारायण शाहको वैवाहिक सम्बन्ध शक्तिशाली मकवानपुरका सेनवंशीसँग गाँसेका थिए । यस सम्बन्धका अन्य धेरै पक्ष भए पनि आर्थिक तथा राजनैतिक समर्थन र सहयोग पाउने चाहना पनि थियो ।

प्रख्यात राजा मुकुन्द सेनको नामबाट अपभ्रंश हुँदै माकन्दपुरबाट मकवानपुर भएको मानिने मकवानपुर इतिहासदेखि वर्तमानसम्म निकै महत्वपूर्ण रहेको छ । तत्कालीन अवस्थामा पनि सामरिक दृष्टिले निकै महत्वपूर्ण मकवानपुर आजभोलि पृथ्वीनारायण शाहको ससुराली जिल्लाको उपनामले पनि फेरि चिनिन थालिएको छ । पृथ्वीनारायण शाहले दुई विवाह गरेका थिए – मकवानपुरमा र बनारसमा ।

मकवानपुरका तत्कालीन राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी सेनसित पृथ्वीनारायण शाहको वि.स. १७९४ मा विवाह भएको थियो । शाहको दोस्रो विहे काशी अर्थात् बनारसका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसित भएको थियो । नरेन्द्रलक्ष्मीकै कोखबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो ।

पृथ्वीनारायण शाहले बनारसमै किन दोस्रो बिहे गरे ? उत्तर सहज छ – शक्ति सञ्जय र सहयोग । नभन्दै दुई सयभन्दा बढी मुसलमानलाई शाहले नेपाल गोरखा भित्र्याएका थिए जसले बन्दुक बनाउने, चलाउने र सेनालाई सहयोग गर्ने काम गरेका थिए । पृथ्वीनारायण शाहको अभियानमा धेरै सजिलो बनाएको थियो । स्पष्ट छ, बिहे पनि राजनीतिको एउटा मुख्य पाटो थियो ।

 

पाल्पा आफैँमा शक्तिशाली राज्य थियो । त्यत्तिवेलाको चलन अनुसार राज्य बाँडिएर चोइटिएको थियो । पाल्पाबाट टुक्रिएर पनि मकवानपुर शक्तिशाली राज्यको श्रेणीमा पर्दथ्यो । मकवानपुरको राजधानी वा तत्कालीन अवस्थामा राजा बस्ने दरबार अनि यसको प्रशासनिक केन्द्र हेटौँडाभन्दा पूर्व डाँडामा रहेको मकवानपुर गढी थियो । अहिले यो गढी गाउँपालिकाअन्तर्गत पर्दछ ।

 

पृथ्वीनारायण शाहले बनारसबाट मुसलमान र तिनका पत्नीसमेतलाई गोरखा ल्याएपछि उनीहरुलाई तिनीहरूको संस्कृति मान्ने छुट दिएका थिए । मुसलमान आइमाईहरूले चुरा र लहठी बनाउने काम जानेका थिए । सोही गरेर व्यवसाय गरी जीवन चलाएको देखिन्छ । यसबाट यो सिद्ध हुन्छ कि पृथ्वीनारायण शाहले बनारसी मुसलमान संस्कृतिलाई सम्मान प्रदान गरेका थिए ।

मकवानपुर राज्य पाल्पाबाट टुक्रिएको हो । पाल्पा आफैँमा शक्तिशाली राज्य थियो । त्यत्तिवेलाको चलन अनुसार राज्य बाँडिएर चोइटिएको थियो । पाल्पाबाट टुक्रिएर पनि मकवानपुर शक्तिशाली राज्यको श्रेणीमा पर्दथ्यो । मकवानपुरको राजधानी वा तत्कालीन अवस्थामा राजा बस्ने दरबार अनि यसको प्रशासनिक केन्द्र हेटौँडाभन्दा पूर्व डाँडामा रहेको मकवानपुर गढी थियो । अहिले यो गढी गाउँपालिकाअन्तर्गत पर्दछ ।

मकवानपुर गढीमा रहेको शिलालेख नेपालको इतिहासको लागि विशेष महत्व राख्दछ ।

 

बिहे भएपछि दुलही अन्माउने/दुलहीलाई दुलहासित पठाउने कुरामा विवाद भयो । गोरखा दरबारको भनाइ यो थियो कि दुलहीलाई बिदाइ गरी पठाउनु पर्छ तर गढी दरबारले चाहिँ मधेसको चलनअनुसार बिहेमा दुलही बिदाइ गरिँदैन भन्ने तर्क अगाडि सारेर दुलही बिदाइ गरेन ।

 

मकवानपुर राज्यको सीमाको विषय अलिक विवादास्पद छ । समय क्रममा बदलिरहने कारणले पनि हुन सक्छ तर वर्तमान तराई–मधेसको धेरै भूभाग मकवानपुर राज्यअन्तर्गत पर्दथ्यो । वर्तमान अवस्थामा पर्सा, बारा, रौतहट, सर्लाहीलगायतका जिल्लाहरू मकवानपुर राज्यकै थिए । स्पष्ट छ मकवानपुर राज्यका यी ठाउँमा मधेसी समुदायको बस्ती बढी छ र थियो पनि । मधेसको आफ्नो भाषा, संस्कृति र जीवनशैली छ ।

मकवानपुर राज्यमा मधेसीको र मधेसको सम्मान थियो । मधेसी संस्कृति सम्मानित थियो । यसको अर्को उदाहरण पृथ्वीनारायण शाहको बिहेको एउटा घटना पनि हो ।
माथि नै स्पष्ट भइसकेको छ कि पृथ्वीनारायण शाहको पहिलो बिहे मकवानपुरमा भएको थियो । बिहे भएपछि दुलही अन्माउने/दुलहीलाई दुलहासित पठाउने कुरामा विवाद भयो । गोरखा दरबारको भनाइ यो थियो कि दुलहीलाई बिदाइ गरी पठाउनु पर्छ तर गढी दरबारले चाहिँ मधेसको चलनअनुसार बिहेमा दुलही बिदाइ गरिँदैन भन्ने तर्क अगाडि सारेर दुलही बिदाइ गरेन ।

केही दशक अघिसम्म मधेसमा गौना संस्कृति थियो । अहिले पनि अवशेष छ ।

गौना संस्कृति मूलतः बालविवाहसँग सम्बन्धित छ । सानो उमेरमा बालिकाको विहे भएपछि दुलहीलाई उसको घर नपठाई माइतीमा नै राख्ने र एक वर्ष, साढे दुई वर्ष, पाँच वर्ष, साढे सात वर्ष वा दश वर्षपछि सिन्दुरदानबाहेक बिहेकै सबै विधि अपनाई दुलहीको बिदाइ गर्ने चलन हो ।

 

पाल्पाबाट मकवानपुर अलग भएदेखि नै मधेसको संस्कृतिको सम्मान गढीले गरेको थियो । मकवानपुर राज्यको अस्तित्व रहेसम्म मधेसी संस्कृतिमाथि हस्तक्षेप कतैबाट भएको पाइन्न । शासकको सदाशयता देखिन्छ ।

दुलही शारीरिक वा मानसिकरूपमा दुलहा घर जान योग्य भइनसकेको र कुनै परिबन्दले बिहे गर्नु परेको अवस्थामा बिहे गर्ने तर दुलही नपठाउने चलन थियो । उचित समय पारेर दानदहेजसहित दुलहीलाई केही वर्षपछि पछि दुलहासित पठाउने चलन गौना हो । मधेसको चलनअनुसार दुलहीलाई बिहेको समयमा पृथ्वीनारायण शाहसित नपठाएको इतिहासले पनि बोल्छ ।

इतिहासले यो पनि बोलेको छ कि पृथ्वीनारायण शाहले दाइँजोमा ठूलो हात्ती मागेका थिए । बिहे गर्न ससुराली पुग्ने दुलहाले दहेज माग्ने चलन मधेसकै हो । अभिभावकले तिलक पहिले नै निश्चित गरेका हुन्छन् तर दुलहाले दहेज माग्ने चलन अहिलेसम्म पनि थोरबहुत रहेकै देखिन्छ । पृथ्वीनारायण शाहले पनि दहेज मागेका थिए ।
मुख्यतः दुलही नलिइकनै गोरखा पक्ष अर्थात् दुलहा पक्ष फर्केको थियो । पृथ्वीनारायण शाहले यसलाई अपमान ठानेको पनि इतिहासमा उल्लेख पाइन्छ तर मकवानपुरले मधेसको संस्कृति निर्वाह गरेको थियो ।

जनसङ्ख्याको दृष्टिकोणले मकवानपुर राज्य मधेसी संस्कृति बाहुल्य थियो तर सांस्कृतिक विविधता पनि यसको सम्पत्ति थियो । संस्कृतिलाई सम्मान यसको विशिष्टता थियो । मधेसी मूलका बाहुनलाई दरबारमा पनि सम्मान दिइएको थियो । तत्कालीन अवस्थामा मधेसको दक्षिण छिमेकी राज्यहरूसित सम्बन्ध विस्तार गर्ने काममा मूलतः बाहुनहरूकै भूमिका महत्वपूर्ण थियो ।

मकवानपुरका राजा वा राजपरिवारले मधेसको संस्कृतिलाई मानेको देखिएकोले सांस्कृतिक दृष्टिले मकवानपुर राज्यमा मधेसी संस्कृतिको ठूलो प्रभाव वा सम्मान थियो भन्ने स्पष्ट हुन्छ ।

जनसङ्ख्याको दृष्टिकोणले मकवानपुर राज्य मधेसी संस्कृति बाहुल्य थियो तर सांस्कृतिक विविधता पनि यसको सम्पत्ति थियो । संस्कृतिलाई सम्मान यसको विशिष्टता थियो । मधेसी मूलका बाहुनलाई दरबारमा पनि सम्मान दिइएको थियो । तत्कालीन अवस्थामा मधेसको दक्षिण छिमेकी राज्यहरूसित सम्बन्ध विस्तार गर्ने काममा मूलतः बाहुनहरूकै भूमिका महत्वपूर्ण थियो । पृथ्वीनारायण शाहले मकवानपुरलाई गोरखामा विलय गराए पनि मधेसी बाहुनलाई सम्मान गरेका थिए ।
तामाङ संस्कृतिको पनि ठूलो सम्मान थियो मकवानपुर राज्यमा ।

 

कतिपयले के मान्ने गरेका छन् भने बिहेसँगै दुलही पठाएको भए पृथ्वीनारायण शाहको अपमान हुने थिएन र मकवानपुरमाथि आक्रमण हुने थिएन तर तथ्यहरू हेर्दा आफैँ यो तर्क खण्डित हुन्छ । गोरखा दरबारले आफ्नो पगरीसहित भक्तपुर दरबारमा पृथ्वीनारायण शाहलाई पठाएको थियो । भक्तपुरले त्यत्ति धेरै सम्मान गरेको थियो तर पृथ्वीनारायण शाहले भक्तपुरलाई कुनै फरक व्यवहार गरेको देखिन्न ।

पाल्पाबाट मकवानपुर अलग भएदेखि नै मधेसको संस्कृतिको सम्मान गढीले गरेको थियो । मकवानपुर राज्यको अस्तित्व रहेसम्म मधेसी संस्कृतिमाथि हस्तक्षेप कतैबाट भएको पाइन्न । शासकको सदाशयता देखिन्छ । तत्कालीन अवस्थामा शासकले सम्मान गरेको मात्र नभई मधेसको संस्कृतिलाई अपनाएर अभिनन्दन गरेको पनि इतिहासले पुष्टि गरेको छ ।

  • लेखक अग्रज पत्रकार तथा अनुसन्धानकर्ता हुन् । सम्पादक

– मित्रनगर, गरुडा ४, रौतहट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*