मकवानपुरका गायक प्रकाश तामाङको नयाँ गीत ‘स्याउ स्याउ नाना’ बजारमा (भिडियोसहित)

तु खबर संवाददाता
२०७६ मंसिर २०,शुक्रबार १६:५७

मकवानपुर, २० मंसिर । मकवानपुरे गायक तथा संगीतकार प्रकाश तामाङको नयाँ तामाङ मौलिक गीत बजारमा आएको छ । तामाको नयाँ तामाङ मौलिक गीत ‘स्याउ स्याउ नाना’ बजारमा आएको हो ।

नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष बुद्धरत्न तितुङको शब्द रहेको उक्त गीत विगतमा नेपाल तामाङ घेदुङले गाउँबस्तीमा जागरणमूलक कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा अनौपचारिक रुपमा गाउने गरेको र सोही गीतलाई आफूले रकर्ड गरी बाहिर ल्याउन लागेको गायक तामाङले बताए ।

स्वर्गिय गोपाल योन्जनले सङ्गित गरेको यो गीतलाई चाद सिंले एरेन्ज र दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।

मकवानपुरको बिभिन्न स्थानमा छ्याङ्कन गरिएको उक्त गीतको म्युजिक भिडियोमा अनिता गोले, अभि लामा, निरु थिङ र हेमकुमार तितुङ लगायतको नृत्य र अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*