करेन्ट लागेर मजदुरको मृत्यु

रौतहट, १६ मंसिर । माधव नारायण नगरपालिकामा करेन्ट लागेर एक जना मजदुरको मृत्युु भएको छ ।
माधव नारायण नगरपालिका वडा–३ भेलहीका २४ वर्षीय रामप्रवेश पासवानको गएराति करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाईते भएका उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।
आइतवार जिंगडवा र लक्ष्मीनिया गाँउको बीचमा रहेको पोलमा तार जोडिरहेको क्रममा अचानक पोलमा लाइन आएर उनलाई करेनट लागेको थियो ।
विद्युतको पोलमा तार जोडने क्रममा विद्युत प्राधिकरण गौरले कुनै जानकारी नदिइ अचानक लाइन दिएको कारण करेन्ट लागेर मृत्युु भएको ठेकदार रामकृत साहको भनाइ रहेको छ ।