विश्वविद्यालयको ईआईए हुँदै

तु खबर संवाददाता
२०७६ मंसिर १६,सोमबार ०९:३७
file photo

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा बन्न लागेको मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालयका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम सुरु हुने भएको छ ।

विश्वविद्यालय विकास समिति काठमाडौंले ईआईएका लागि सार्वजनिक सूचना आह्वान गर्दै छ । ‘कन्सल्ट्यान्ट छनोट गर्न एक साताभित्र सूचना सार्वजनिक गर्दै छौं,’ समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले भने ।

विकास समितिले चित्लाङमा फिल्ड अफिस निर्माण गर्न पनि टेन्डर आह्वान गर्दै  छ । जसका लागि करिब ५ करोड लाग्ने अध्यक्ष जोशीले बताए । समितिले चित्लाङमै पम्प स्टोरेज पावर प्लान्ट निर्माण गर्ने भएको छ । प्लान्टवाट २५ देखि ३० किलोवाट विद्युत् उत्पादन गर्ने योजना छ ।

चिनियाँ प्रँविधिक, समितिका अध्यक्षलगायत नेपाली टोली जग्गाको सिमाना छुट्याउन मंसिर २१ गते चित्लाङ आउँदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण क्रममा विश्वविद्यालय स्थापना गर्न सहयोग गर्ने दुईपक्षीय सम्झौता भएको थियो ।

‘यहाँ विश्वविद्यँलय बन्छ भन्ने कुराले गाउँले खुसी छन्,’ स्थानीय बुद्धरत्न मानन्धरले भने,‘हामी जुनसुकै सहयोग गर्न तयार छौ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*