उपनिर्वाचनको लागि मतदान केन्द्र परेका विद्यालय आजदेखि शनिबारसम्म बन्द

तु खबर संवाददाता
२०७६ मंसिर ११, बुधबार १५:१२
file photo

मकवानपुर, ११ मंसिर । यही मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनको लागि मतदान केन्द्र परेका विद्यालयहरु आजदेखि चार दिन बन्द हुने भएका छन् ।

निर्वाचन आयोगले मतदान केन्द्र परेका विद्यालयहरु आज (बुधबार) देखि शनिबारसम्म बन्द गर्न आग्रह गरेको हो । साथै आयोगका अनुसार, उपनिर्वाचनका लागि मतदान केन्द्र नपरेको विद्यालय भने खुल्ला हुनेछ ।

उपनिर्वाचनको लागि आजैदेखि निर्वाचन क्षेत्रमा कर्मचारीहरुलाई पठाईएको छ ।

उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दलहरुले चुनाव प्रचार प्रसार गर्ने र भोट माग्ने बुधबार अन्तिम दिन हो ।

मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ ।

३५ जिल्लाका ४४ स्थानीय तहका ४८ पदमा निर्वाचन हुँदैछ । यस्तै प्रदेशसभा तर्फ ३ र प्रतिनिनिधिसभा तर्फ १ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*