हेटौँडा–१३ मा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न

तु खबर संवाददाता
२०७६ मंसिर १,आईतवार ०८:०८

मकवानपुर, १ मंसिर । हेटौंडा उपमहानगरपालिका वडा न १३ अन्तर्गत पदमपोखरी ठुलो थलीस्थित कालिका निमाबीको प्राङ्गणमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

युसेस मकवानपुरको आयोजना तथा युनिलिभर नेपाल लिमिटेडको साझेदारीमा शनिबार निःशुल्क घुम्ती शिविर सम्पन्न भएको हो । शिबिरमा ११२ जना निशुल्क परीक्षण गराएका थिए ।

शिविरमा विशेष गरी दातको समस्या हुनेहरूको लागि दन्त चिकित्सक डाक्टर नागेन्द्र सिंह र असिस्टेन्ट बबिता साहले स्वास्थ्य परीक्षण गर्ने क्रममा ४२ जनाको किराले खएको र बिग्रेको दात झिकेर फालेको थियो भने अन्य समस्या हुनेहरुको लागि फिजिसियन डाक्टर सन्ध्या अधिकारीले सेवा लिन आउने सेवाग्राहीहरुको स्वास्थ्य परीक्षण गराएका थिए ।

स्वास्थ परिक्षण पश्चात् बिरामिहरुलाइ निःशुल्क औषधि बितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*