आज स्थानीय तहको उम्मेदवारी दर्ता हुँदै

२०७६ कार्तिक २७,बुधबार ०९:२७

मकवानपुर, २७ कात्तिक । आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । आज विहान १० बजेदेखि दिउँसो १ः०० बजेसम्म सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

मनोनयन दर्ताका लागि नेपाली नागरिकताको प्रमणपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने, दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिक पत्रलगायतका प्रमाण लिएर मनोनयन दर्ता गर्न जानुपर्नेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*