आज स्थानीय तहको उम्मेदवारी दर्ता हुँदै
मकवानपुर, २७ कात्तिक । आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । आज विहान १० बजेदेखि दिउँसो १ः०० बजेसम्म सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
मनोनयन दर्ताका लागि नेपाली नागरिकताको प्रमणपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने, दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिक पत्रलगायतका प्रमाण लिएर मनोनयन दर्ता गर्न जानुपर्नेछ ।
